६९ लागे पागल बस्तीका सरुभक्त, ल्याउँदैछन् ‘विज्ञानका कथा’हरु

पाेखरा | असोज २, २०८०

६९ लागे पागल बस्तीका सरुभक्त, ल्याउँदैछन् ‘विज्ञानका कथा’हरु

नेपाली साहित्यमा पोखराबाट सशक्त पहिचान बनाएका सरुभक्त (भक्तबहादुर श्रेष्ठ) सोमबारदेखि ६९ वर्ष लागेका छन् । 

 

साहित्यमा मुलतः कथा, उपन्यास र नाटक विधामा कलम चलाउने सरुभक्तको चर्चित उपन्यास ‘पागल बस्ती’ले ०४८ सालमा मदन पुरस्कार जितेपछि उनी र उनको लेखनीको प्रसिद्धि चुलिएको हो । 

 

झण्डै ७ दशकको जीवन यात्रामा झनै सक्रिय रहेका सरुभक्तले छिट्टै ‘सरुभक्तका विज्ञान कथा’ नामक कृति आउन लागेको बताएका छन् । जसमा विज्ञानका कथा संग्रह रहने उनले बताए । 

 

आगामी पुसभित्र प्रकाशित भई बजारमा आउने कथालाई फाइन प्रिन्टले प्रकाशन गर्नेछ । 

 

त्यस्तै, आफ्ना मुक्तकका उत्कृष्ट संग्रहसमेत प्रकाशोन्मुख रहेको र त्यसलाई नेपाल साहित्य समाज, बेलायतले प्रकाशनको जिम्मेवारी लिएको सरुभक्त बताउँछन् । 

 

उमेरसँगै काम पनि बढेको बताउँदै उनले बालबालिका लक्षित कथा, कविता, नाटकलगायतका रचना गरिरहेको जनाएका छन् । 

 

सरुभक्तका करिब ५ दर्जन रचनामध्ये ‘पागल बस्ती, ‘तरुनी खेती’, ‘समय त्रासदी’ र ‘चुली’ सर्वाधिक रुचाइएका उपन्यास हुन् । त्यस्तै, ‘सिरुमारानी’ चर्चित नाटक संग्रह हो । 
 

 

उनै सरुभक्तलाई जन्मदिनको शुभकामना !

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्